Canva Pro Subscription

Canva Pro Subscription
WhatsApp :+977 9819990377

Canva Service Nepal –Make Relation forever Our Services : Canva Pro 2.0 Subscription / Graphic Design / Logo Design / Website Devlopment and more Services Digital Tools You tube Premium / Cap Cut Pro / Netflix / Adobe cc / More.... Activate Now! Contact Details: Canva Service Nepal Sanepa, Lalitpur – Kathmandu, Mobile No. 9819990377, Email: canvaservicenepal@gmail.com

रिडी पावरको हकप्रद शेयर प्रयोजनार्थ बुक क्लोज मिति

 रिडी पावर कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रयोजनका लागि माघ २२ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ, माघ २१ गतेसम्म नेप्सेमा कारोवार  गरि कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १ः०.५० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको थियो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेकोमा हकप्रद शेयर निष्काशन पछि २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

 

Share:

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना कम्पनीका शेयरधनिहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको माघ १२ गते बसेको सञ्चालकमा समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। News collect from Nepse Alpha

Share:

अरुण भ्याली हाइड्रोपावको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

 अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि अर्थात माघ १५ गते बुक क्लोज गर्ने भएकोले आजसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनिहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। News Collect from Nese Alpha

Share:

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

 रिलायन्स स्पिनिङ मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत योग्य संस्थागत लगानीकर्तालाई निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने आज माघ १४ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमा कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि खुला गरेको हो।

बोलकबोलका लागि कम्पनीले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म प्राइस रेन्ज तोकेको छ। योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्मको प्राइस रेन्जमा बोलपत्र पेस गर्नु पर्नेछ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। News Collect from Nepse Alpha

Share:

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ० दशमलब ८४ प्रतिशत नगद गरि कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १५ गते बुकक्लोज गर्ने भएकोले आज माघ १४ गतेसम्म नेप्सेमा कारोबार गरि कायम शेयरधनीहरुले साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा माघ २९ गते, लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ। News collect from Nepse Alpha
Share:

वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व सङ्कलनमा वृद्धि

 

मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म रु एक खर्ब ८८ अर्ब १७ करोड राजस्व सङ्कलन भएकामा चालु आव २०८०÷८१ को सोही अवधिमा रु दुई खर्ब १० करोड राजस्व सङ्कलन भएको छ । जुन छ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो ।  

राजस्व सङ्कलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ । मुलुकको कूल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ । चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जिप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका छन् । 

उक्त वस्तुबाट गत आवको पुुस मसान्तसम्म रु ६६ अर्ब ५६ करोड (कूल राजस्वको ३५ दशमलव चार प्रतिशत) राजस्व सङ्कलन भएकामा यस आवको पुस मसान्तसम्म रु ८२ अर्ब ७८ करोड (कूल राजस्वको ४१ दशमलव चार प्रतिशत) सङ्कलन भएको छ । गत आवको तुलनामा सो राजस्व २४ दशमलव चार प्रतिशतले बढी हो । 

गत आव पुस महिनासम्मको तुलनामा रु २० अर्ब ६९ करोड बढी राजस्व उठेको छ जुन रकम अहिलेसम्म सङ्कलन भएको राजस्वको १० दशमलव तीन प्रतिशत राजस्व हो । भन्सार विभागको चालु आवको पुस मसान्तसम्म रु तीन खर्ब छ अर्ब १७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा कूल रु दुई खर्ब १० करोड राजस्व सङ्कलन गरी लक्ष्यको तुलनामा ६५ दशमलव ३६ प्रतिशत राजस्व सङ्कलन भएको छ । जुन वार्षिक लक्ष्यमा ३१ दशमलव ८८ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।,

विभागले सङ्कलन गर्ने राजस्वमा मुख्यतः भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको हिस्सा रहेको छ । भन्सार प्रशासनबाट चालु आवको पुस मसान्तसम्म सङ्कलित कूल राजस्वमध्ये रु ८८ अर्ब ८० करोड भन्सार महसुल, रु ८७ अर्ब ४१ करोड मूल्य अभिवृद्धि कर, रु १८ अर्ब १० करोड अन्तःशुल्क सङ्कलन भएको जनाएको छ । 

त्यस्तै रु दुई अर्ब ४१ करोड सडक मर्मत तथा सुधार दस्तुर, रु तीन अर्ब ३९ करोड सडक निर्माण तथा सम्भार दस्तुरबापत सङ्कलन भएको छ । जुन सोही अवधिमा सङ्कलित राजस्वमध्ये भन्सार महसुलको हिस्सा ४४ दशमलव एक प्रतिशत, मूल्य अभिवृद्धि करको ४३ दशमलव सात प्रतिशत, अन्तःशुल्क नौ दशमलव एक प्रतिशत, सडक मर्मत तथा सुधार दस्तुुर एक दशमलव दुई प्रतिशत र सडक निर्माण तथा सम्भार दस्तुर एक दशमलव सात प्रतिशत रहेको छ ।
      
विभागको तथ्याङ्कअनुसार चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा नेपालले कूल रु आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । सोमध्ये रु सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने रु ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार बराबरको मात्रै निर्यात भएको छ ।

उक्त व्यापारलाई विश्लेषण गर्दा नेपालले सो अवधिमा करिब रु सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । पुस मसान्तसम्ममा रु छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो । गत आवको पछिल्लो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ ।
      
नेपालले सबैभन्दा धेरै भारतसँग रु चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा व्यहोरेको छ । छ महिना अवधिमा भारतबाट रु चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने रु ५० अर्ब ४४ करोड २२ लाख बराबर मात्रै छ । नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचाँै नम्बरमा छन् । पुस मसान्तसम्ममा चीनसँग रु एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग रु १२ अर्ब २६ करोड, युक्रेनसँग रु नौ अर्ब ९६ करोड र मलेसियासँग रु आठ अर्ब ६० करोड बराबर व्यापार घाटा छ ।

नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्तराज्य अमेरिका पहिलो स्थानमा छ । चालु आर्थिक वर्षको छ महिना अवधिमा नेपालले अमेरिकाबाट रू सात अर्ब ६३ करोड ६३ लाख ६६ हजार बराबरको आयात गर्दा रू आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार बराबरको निर्यात गरेको छ । अर्थात् रू ७० करोड ३६ लाख बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ । 

 
पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा रु ६६ अर्ब ४९ करोड ११ लाख बराबरको डिजेल, रु ३३ अर्ब ९१ करोड ९६ लाख बराबरको पेट्रोल, रु २५ अर्ब ४५ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । By Nepse Alpha

Share:

नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गराैं- अर्थमन्त्री महत

 अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको बताएका छन । 

नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको बताएका हुन ।

युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो’ मन्त्री महतले भने,  ‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता नेपालको विशिष्ट पहिचान हो ।’

मन्त्री महतले अगाडी भने,  ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ यसलाई मार्केटिङ भनिन्छ । उपभोक्ताको मनमा यो त मैले प्रयोग गर्नैपर्छ, उपयोग गर्नैपर्छ, खानैपर्छ, लाउनैपर्छ, जानैपर्छ, हेर्नैपर्छ र सुन्नै पर्छ, भन्ने छाप जसले छोड्न सक्छ, उसको बिक्छ । विज्ञापनले मात्र पुग्दैन, यसलाई दीगो बनाउनका लागि गुणहरु हुनैपर्छ । गुण भएन भने दीगो हुँदैन ।’

देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक अरोह अवरोह पार गरिसक्यौं । अब अगाडि बढ्ने स्पष्ट मार्गचित्र छ । हामीले राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’ मन्त्री महतले भने,‘हाम्रो आर्थिक सूचांक सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ, ब्याजदर घटिरहेको छ । शेयर बजारमा सुधार भइरहेको छ । र, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।

अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’ मन्त्री महतले भने,  ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’ News collect from Nepse Alpha

 

Share:

Translator

Wikipedia

Search results

Maha Bachat

Contact us

Name

Email *

Message *