Canva Pro Subscription

Canva Pro Subscription
WhatsApp :+977 9819990377

Canva Service Nepal –Make Relation forever Our Services : Canva Pro 2.0 Subscription / Graphic Design / Logo Design / Website Devlopment and more Services Digital Tools You tube Premium / Cap Cut Pro / Netflix / Adobe cc / More.... Activate Now! Contact Details: Canva Service Nepal Sanepa, Lalitpur – Kathmandu, Mobile No. 9819990377, Email: canvaservicenepal@gmail.com

हिमालयन रिइन्स्योरेन्सको लाभांश प्रस्ताव

 हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना कम्पनीका शेयर धनिहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद गरि कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश बीमा प्राधिकरण र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनिहरुले प्राप्त गर्न सक्नेछन् ।

News collect from: Nepse Alpha

 

Share:

नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार घाटामा

 नेपाल रिपब्लिक मिडियाले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४२ लाख ६४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । 

यस कम्पनीले गत वर्षको यसैअवधिमा ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन आम्दानी १५ करोड ७९ लाखबाट घटेर ८ करोड ७० लाख रुपैयाँमा झरेको छ । वित्तीय खर्च २ करोड ९१ लाखबाट घटेर १ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।

मिडियाको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको र यसको  रिटेन्ड अर्निङमा ५१ करोड ४० लाख रुपैयाँले ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४४  पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ८७ रुपैयाँ ९३ पैसा छ ।

 

Share:

रिडी पावरको हकप्रद शेयर प्रयोजनार्थ बुक क्लोज मिति

 रिडी पावर कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रयोजनका लागि माघ २२ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ, माघ २१ गतेसम्म नेप्सेमा कारोवार  गरि कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १ः०.५० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको थियो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेकोमा हकप्रद शेयर निष्काशन पछि २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

 

Share:

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना कम्पनीका शेयरधनिहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको माघ १२ गते बसेको सञ्चालकमा समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। News collect from Nepse Alpha

Share:

अरुण भ्याली हाइड्रोपावको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

 अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि अर्थात माघ १५ गते बुक क्लोज गर्ने भएकोले आजसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनिहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। News Collect from Nese Alpha

Share:

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

 रिलायन्स स्पिनिङ मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत योग्य संस्थागत लगानीकर्तालाई निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने आज माघ १४ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमा कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि खुला गरेको हो।

बोलकबोलका लागि कम्पनीले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म प्राइस रेन्ज तोकेको छ। योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्मको प्राइस रेन्जमा बोलपत्र पेस गर्नु पर्नेछ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। News Collect from Nepse Alpha

Share:

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ० दशमलब ८४ प्रतिशत नगद गरि कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १५ गते बुकक्लोज गर्ने भएकोले आज माघ १४ गतेसम्म नेप्सेमा कारोबार गरि कायम शेयरधनीहरुले साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा माघ २९ गते, लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ। News collect from Nepse Alpha
Share:

Translator

Wikipedia

Search results

Maha Bachat

Contact us

Name

Email *

Message *