सिंगटी
हाइड्रो इनर्जी लिमिटेडले आज फागुन २ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री
खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्काशन
खुल्ला गरेको हो।
कम्पनीले हकप्रद शेयर
निष्काशन प्रयोजनार्थ पुस २२ गते बुकक्लोज गरेकोले पुस १९ गतेसम्म नेप्सेमा
कारोबार गरि कायम शेयरधनीहरुले मात्र फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
सिंगटी हाइड्रो इनर्जी
लिमिटेडको हकप्रद शेयरमा आवेदन दिनको लागि कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको
शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ।
यसका साथै धितोपत्र
बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत पनि
आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।
हकप्रद शेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।
News collect from Nepse Alpha