Canva Pro Subscription

Canva Pro Subscription
WhatsApp :+977 9819990377

Canva Service Nepal –Make Relation forever Our Services : Canva Pro 2.0 Subscription / Graphic Design / Logo Design / Website Devlopment and more Services Digital Tools You tube Premium / Cap Cut Pro / Netflix / Adobe cc / More.... Activate Now! Contact Details: Canva Service Nepal Sanepa, Lalitpur – Kathmandu, Mobile No. 9819990377, Email: canvaservicenepal@gmail.com

सेयर बजारमा सूचीकृत कम्पनीमा हुने वैदेशिक लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने

 सेयर बजारमा रहेका सूचीकृत कम्पनीमा हुने वैदेशिक लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने भएको छ। आज शुक्रबार नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था लागु गरेको हो। विनियमावलीमा तिन वटा क्षेत्रमा हुने लगानीमा राष्ट्र बैंकको अनुमती नचाहिने उल्लेख गरिएको छ। त्यसअन्तर्गत तल उल्लेखित क्षेत्र रहेका छन्।

(१) कायम रहेको नेपाली उद्योगमा कायम रहेका कुल नेपाली शेयरधनीहरुको शेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानी ।

(२) धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानी ।

(३) औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योग ।



















तर अन्य क्षेत्रको लागि भने शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी वापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ। सोका लागि विदेशी लगानी हुने उद्योगकम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची-४ मा उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेश गर्नुपर्नेछ।

सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले १५ कार्यदिनभित्र राष्ट्र बैंकले सोसम्बन्धी निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनेछ। यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी वापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योगकम्पनीको खातामा जम्मा गर्नेछ।

News Collect from Nepse Alpha

 

 

Share:

No comments:

Translator

Wikipedia

Search results

Maha Bachat

Contact us

Name

Email *

Message *