He! Are you Speak English confidently – Anywhere, Anytime? 🗣 Our language courses go beyond the classroom. Access interactive lessons, practice speaking with experts, and build confidence in real-life situations. Start your journey to fluent English now! Contact Details: Nepal Educational Institute Kalimati –13, Kathmandu, Mobile No. 9851317417, Phone No.01–5314821, Email: npeducation20@gmail.com

रिडी पावरको हकप्रद शेयर प्रयोजनार्थ बुक क्लोज मिति

 रिडी पावर कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रयोजनका लागि माघ २२ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ, माघ २१ गतेसम्म नेप्सेमा कारोवार  गरि कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १ः०.५० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको थियो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेकोमा हकप्रद शेयर निष्काशन पछि २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

 

Share:

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना कम्पनीका शेयरधनिहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको माघ १२ गते बसेको सञ्चालकमा समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। News collect from Nepse Alpha

Share:

अरुण भ्याली हाइड्रोपावको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

 अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि अर्थात माघ १५ गते बुक क्लोज गर्ने भएकोले आजसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनिहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। News Collect from Nese Alpha

Share:

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

 रिलायन्स स्पिनिङ मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत योग्य संस्थागत लगानीकर्तालाई निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने आज माघ १४ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमा कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि खुला गरेको हो।

बोलकबोलका लागि कम्पनीले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म प्राइस रेन्ज तोकेको छ। योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्मको प्राइस रेन्जमा बोलपत्र पेस गर्नु पर्नेछ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। News Collect from Nepse Alpha

Share:

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ० दशमलब ८४ प्रतिशत नगद गरि कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १५ गते बुकक्लोज गर्ने भएकोले आज माघ १४ गतेसम्म नेप्सेमा कारोबार गरि कायम शेयरधनीहरुले साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा माघ २९ गते, लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ। News collect from Nepse Alpha
Share:

वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व सङ्कलनमा वृद्धि

 

मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म रु एक खर्ब ८८ अर्ब १७ करोड राजस्व सङ्कलन भएकामा चालु आव २०८०÷८१ को सोही अवधिमा रु दुई खर्ब १० करोड राजस्व सङ्कलन भएको छ । जुन छ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो ।  

राजस्व सङ्कलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ । मुलुकको कूल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ । चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जिप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका छन् । 

उक्त वस्तुबाट गत आवको पुुस मसान्तसम्म रु ६६ अर्ब ५६ करोड (कूल राजस्वको ३५ दशमलव चार प्रतिशत) राजस्व सङ्कलन भएकामा यस आवको पुस मसान्तसम्म रु ८२ अर्ब ७८ करोड (कूल राजस्वको ४१ दशमलव चार प्रतिशत) सङ्कलन भएको छ । गत आवको तुलनामा सो राजस्व २४ दशमलव चार प्रतिशतले बढी हो । 

गत आव पुस महिनासम्मको तुलनामा रु २० अर्ब ६९ करोड बढी राजस्व उठेको छ जुन रकम अहिलेसम्म सङ्कलन भएको राजस्वको १० दशमलव तीन प्रतिशत राजस्व हो । भन्सार विभागको चालु आवको पुस मसान्तसम्म रु तीन खर्ब छ अर्ब १७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा कूल रु दुई खर्ब १० करोड राजस्व सङ्कलन गरी लक्ष्यको तुलनामा ६५ दशमलव ३६ प्रतिशत राजस्व सङ्कलन भएको छ । जुन वार्षिक लक्ष्यमा ३१ दशमलव ८८ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।,

विभागले सङ्कलन गर्ने राजस्वमा मुख्यतः भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको हिस्सा रहेको छ । भन्सार प्रशासनबाट चालु आवको पुस मसान्तसम्म सङ्कलित कूल राजस्वमध्ये रु ८८ अर्ब ८० करोड भन्सार महसुल, रु ८७ अर्ब ४१ करोड मूल्य अभिवृद्धि कर, रु १८ अर्ब १० करोड अन्तःशुल्क सङ्कलन भएको जनाएको छ । 

त्यस्तै रु दुई अर्ब ४१ करोड सडक मर्मत तथा सुधार दस्तुर, रु तीन अर्ब ३९ करोड सडक निर्माण तथा सम्भार दस्तुरबापत सङ्कलन भएको छ । जुन सोही अवधिमा सङ्कलित राजस्वमध्ये भन्सार महसुलको हिस्सा ४४ दशमलव एक प्रतिशत, मूल्य अभिवृद्धि करको ४३ दशमलव सात प्रतिशत, अन्तःशुल्क नौ दशमलव एक प्रतिशत, सडक मर्मत तथा सुधार दस्तुुर एक दशमलव दुई प्रतिशत र सडक निर्माण तथा सम्भार दस्तुर एक दशमलव सात प्रतिशत रहेको छ ।
      
विभागको तथ्याङ्कअनुसार चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा नेपालले कूल रु आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । सोमध्ये रु सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने रु ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार बराबरको मात्रै निर्यात भएको छ ।

उक्त व्यापारलाई विश्लेषण गर्दा नेपालले सो अवधिमा करिब रु सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । पुस मसान्तसम्ममा रु छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो । गत आवको पछिल्लो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ ।
      
नेपालले सबैभन्दा धेरै भारतसँग रु चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा व्यहोरेको छ । छ महिना अवधिमा भारतबाट रु चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने रु ५० अर्ब ४४ करोड २२ लाख बराबर मात्रै छ । नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचाँै नम्बरमा छन् । पुस मसान्तसम्ममा चीनसँग रु एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग रु १२ अर्ब २६ करोड, युक्रेनसँग रु नौ अर्ब ९६ करोड र मलेसियासँग रु आठ अर्ब ६० करोड बराबर व्यापार घाटा छ ।

नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्तराज्य अमेरिका पहिलो स्थानमा छ । चालु आर्थिक वर्षको छ महिना अवधिमा नेपालले अमेरिकाबाट रू सात अर्ब ६३ करोड ६३ लाख ६६ हजार बराबरको आयात गर्दा रू आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार बराबरको निर्यात गरेको छ । अर्थात् रू ७० करोड ३६ लाख बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ । 

 
पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा रु ६६ अर्ब ४९ करोड ११ लाख बराबरको डिजेल, रु ३३ अर्ब ९१ करोड ९६ लाख बराबरको पेट्रोल, रु २५ अर्ब ४५ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । By Nepse Alpha

Share:

नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गराैं- अर्थमन्त्री महत

 अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको बताएका छन । 

नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको बताएका हुन ।

युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो’ मन्त्री महतले भने,  ‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता नेपालको विशिष्ट पहिचान हो ।’

मन्त्री महतले अगाडी भने,  ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ यसलाई मार्केटिङ भनिन्छ । उपभोक्ताको मनमा यो त मैले प्रयोग गर्नैपर्छ, उपयोग गर्नैपर्छ, खानैपर्छ, लाउनैपर्छ, जानैपर्छ, हेर्नैपर्छ र सुन्नै पर्छ, भन्ने छाप जसले छोड्न सक्छ, उसको बिक्छ । विज्ञापनले मात्र पुग्दैन, यसलाई दीगो बनाउनका लागि गुणहरु हुनैपर्छ । गुण भएन भने दीगो हुँदैन ।’

देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक अरोह अवरोह पार गरिसक्यौं । अब अगाडि बढ्ने स्पष्ट मार्गचित्र छ । हामीले राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’ मन्त्री महतले भने,‘हाम्रो आर्थिक सूचांक सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ, ब्याजदर घटिरहेको छ । शेयर बजारमा सुधार भइरहेको छ । र, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।

अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’ मन्त्री महतले भने,  ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’ News collect from Nepse Alpha

 

Share:

यु-१९ बिश्वकप क्रिकेट: नेपालले आज पाकिस्तानको सामना गर्ने

 जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ ।

समुह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १: ४५ बजेदेखि शुरु हुदै छ । 

नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो । 

अहिलेसम्म समुह डी मा न्यूजील्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । न्यूजील्याण्डले नेपाल र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई नै पराजित गरेको थियो । यस समुहमा नेपालले एक र अफगानिस्तानले २ खेलमा हार बेहोरेका छन् ।
 
दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिदै छन् । 

यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।

विश्वकप खेल्ने नेपाली टिम:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द ।

यस विश्वकपमा १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ । समुह चरणमा एक अर्कासंग खेलेपछि हरेक समुहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । 

यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् । 

त्यस्तै समुह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन् । 

News Collect from Nepse Alpha

 

Share:

सर्वोत्तम सिमेन्टको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन, उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि म्याद थप

 

सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बुक बिल्डिंग विधिबाट  निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ।   भने, उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि म्याद थप गरिएको छ।  

कम्पनीले पहिलो चरणमा २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, , , ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, , ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन खुल्ला गरिरहेको छ। 

कम्पनीको आइपीओमा आवेदकले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले अब कम्पनीको आइपीओमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

News Collect From Nepse Alpha

Share:

रिलायन्स स्पिनिङ मिल्सले आजदेखि बुक बिल्डिङ विधिमार्फत योग्य संस्थागत लगानीकर्तालाई आइपीओ निष्काशन गर्दै

 रिलायन्स स्पिनिङ मिल्सले आज माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत योग्य संस्थागत लगानीकर्तालाई आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । 

कम्पनीले १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमा कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि खुला गर्न लागेको हो ।

बोलकबोलका लागि कम्पनीले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म प्राइस रेन्ज तोकेको छ। योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्मको प्राइस रेन्जमा माघ १४ गतेसम्म बोलपत्र पेस गर्नु पर्नेछ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। News Collect from Nese Alpha

Share:

प्रभु बैंकले लाभांश वितरण नगर्ने

 प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना कम्पनीका शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। News from Nepse Alpha 

Share:

Live Market Watch Jan 22,2024

 Live Market Watch Jan 22,2024


Share:

Nepse Sector Rotation Jan 22,2024

 Sector Moving Rotation 




Share:

Nepse Alpha Stock Market Dashboard Jan 22, 2024

 Jan 22, 2024 Nepse Alpha Stock Market Dashboard


Share:

घलेम्दी हाइड्रोपावरको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

 घलेम्दी हाइड्रोपावरले आजदेखि शेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । सर्वसाधारण समूहको लागि उक्त शेयर बिक्रीमा ल्याएको छ । 

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको उक्त शेयरमा आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।

यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद शेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । News Collect from Nepse Alpha

Share:

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

 नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट तान्दै छ। राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न उक्त निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। 

बैंकका अनुसार आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने छ। बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो। 

आज दिउँसो २ बजेसम्म इच्छुक बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। 

साँवा र ब्याज भुक्तानी मिति माघ २३ गतेलाई निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।

News Collect from Nepse Alpha

Share:

Nepse Alpha Stock Market Dashboard Jan 14 2024

 


Share:

Nepse Alpha update Jan 14 2024 Investors Sentiment

 


Share:

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ० दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनिमा वितरण हुनेछ। News collect from Nepse Alpha

Share:

राष्ट्रियसभा निर्वाचन ः माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू हुँदै

 २९ पुस : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि  माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को अनुसार आयोगबाट माघ २ गतेदेखि माघ १२ गतेसम्म सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचारसंहिता जारी गर्ने निर्णय आज आयोगले गरेको हो । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यको आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागिे निर्वाचन हुँदैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले विज्ञप्ति जारी गरी उक्त अवधिमा कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा  विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने जनाउनुभएको छ । यस्तै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने कानुनी व्यवस्था छ ।
साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन मिल्नैन । आचारसंहिता अनुसार प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,  सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ । 
 निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने, मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने व्यवस्था छ । 
 यसैगरी निर्वाचन प्रचार प्रसारमा संलग्न हुने सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न  नहुने तथा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुनेसमेत व्यवस्था छ । News Collect from Nepse Alpha
Share:

आकाश क्यापिटल लिमिटेडको पाचौं बार्षिक साधारण सभा सम्पन्न

आकाश क्यापिटल लिमिटेडको पाचौं बार्षिक साधारण सभा मिति २०८० साल पौष २९ गते आईतबार, मुख्य कार्यालय, पुल्चोक, ललितपूरमा सम्पन्न भएको छ।

साधारण सभामा संचालक समितीको तर्फबाट आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिबेदन प्रस्तुत, छलफल तथा स्वीकृत, लेखापरीक्षणको प्रतिबेदन सहित आर्थिक बर्ष २०७९/०८० को वसालत,नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय बिवरणहरु छलफल तथा स्वीकृत गरेको छ। 

क्यापिटलले विशेष प्रस्ताव अन्तरगत कम्पनी ऐन २०६३ को दफा ८७ उपदफा १ बमोजिम कम्पनीका संस्थापक हरु मध्यबाट २ संचालकहरुको चयन गरेको छ । नयॉ संचालक समितीका सदस्यहरुमा क्रमश श्री अंकुर अग्रवाल, श्री रचित अग्रवाल, श्री शैलेन्द्र नाथ तथा श्री दामोदर खनाल चयन भएका छन्।  

News collect from Nepse Alpha

Share:

Translator

Wikipedia

Search results

AGM Web Hosting

AGM Web Hosting
Get Flat 15% Off on All Hosting (Not Valid on Startup Hosting & VPS Hosting) for limited time.

Contact us

Name

Email *

Message *