Canva Pro Subscription

Canva Pro Subscription
WhatsApp :+977 9819990377

Canva Service Nepal –Make Relation forever Our Services : Canva Pro 2.0 Subscription / Graphic Design / Logo Design / Website Devlopment and more Services Digital Tools You tube Premium / Cap Cut Pro / Netflix / Adobe cc / More.... Activate Now! Contact Details: Canva Service Nepal Sanepa, Lalitpur – Kathmandu, Mobile No. 9819990377, Email: canvaservicenepal@gmail.com

कुमारी सबल योजनामा आजदेखि आवेदन दिन सकिने

 कुमारी क्यापिटल लिमिटेडले आज माघ २८ गतेदेखि १० वर्ष अवधिको कुमारी सबल योजना निष्काशन तथा बिक्री खुला गरेको छ। 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन खुल्ला गरेको हो। निष्काशन गरेको कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई र १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुल्ला गरेको छ। 

फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। 

फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

आवेदकले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्।

News collect from Nepse Alpha

Share:

सेयर बजारमा सूचीकृत कम्पनीमा हुने वैदेशिक लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने

 सेयर बजारमा रहेका सूचीकृत कम्पनीमा हुने वैदेशिक लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने भएको छ। आज शुक्रबार नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था लागु गरेको हो। विनियमावलीमा तिन वटा क्षेत्रमा हुने लगानीमा राष्ट्र बैंकको अनुमती नचाहिने उल्लेख गरिएको छ। त्यसअन्तर्गत तल उल्लेखित क्षेत्र रहेका छन्।

(१) कायम रहेको नेपाली उद्योगमा कायम रहेका कुल नेपाली शेयरधनीहरुको शेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानी ।

(२) धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानी ।

(३) औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योग ।



















तर अन्य क्षेत्रको लागि भने शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी वापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ। सोका लागि विदेशी लगानी हुने उद्योगकम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची-४ मा उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेश गर्नुपर्नेछ।

सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले १५ कार्यदिनभित्र राष्ट्र बैंकले सोसम्बन्धी निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनेछ। यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी वापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योगकम्पनीको खातामा जम्मा गर्नेछ।

News Collect from Nepse Alpha

 

 

Share:

सेयर बजारमा सूचीकृत कम्पनीमा हुने वैदेशिक लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने

 सेयर बजारमा रहेका सूचीकृत कम्पनीमा हुने वैदेशिक लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने भएको छ। आज शुक्रबार नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था लागु गरेको हो। विनियमावलीमा तिन वटा क्षेत्रमा हुने लगानीमा राष्ट्र बैंकको अनुमती नचाहिने उल्लेख गरिएको छ। त्यसअन्तर्गत तल उल्लेखित क्षेत्र रहेका छन्।

(१) कायम रहेको नेपाली उद्योगमा कायम रहेका कुल नेपाली शेयरधनीहरुको शेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानी ।

(२) धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानी ।

(३) औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योग ।

तर अन्य क्षेत्रको लागि भने शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी वापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ। सोका लागि विदेशी लगानी हुने उद्योगकम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची-४ मा उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेश गर्नुपर्नेछ।

सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले १५ कार्यदिनभित्र राष्ट्र बैंकले सोसम्बन्धी निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनेछ। यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी वापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योगकम्पनीको खातामा जम्मा गर्नेछ।   News collect from Nepse Alpha

 

 

Share:

आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुनेछ : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले  आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारे ।

राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले  परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको बताए ।

अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, प्रधानमन्त्रीले प्रचण्डले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”

बजेट निर्माण प्रक्रिया अगाडि बढीको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नुवाकोटले प्राथमिकता पाउने विश्वास दिलाए । प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गरे । उनले नुवाकोट दरबारको पुःननिर्माणमा सरकारले ध्यान दिने बताए ।

सो अवसरमा विभिन्न झाँकी प्रस्तुति गरिएको थियोे ।

News collect from Nepse Alpha

Share:

प्रधानमन्त्री प्रचण्डद्वारा विज्ञहरुसँग छलफलः बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने घोषणा

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक भएको बताए ।

हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरुपका रुपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरेको बताए । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावहरुलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गर्नेमा उनको जोड थियो ।

News collect from Nepse Alpha

Share:

हिमालयन रिइन्स्योरेन्सको लाभांश प्रस्ताव

 हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना कम्पनीका शेयर धनिहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद गरि कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश बीमा प्राधिकरण र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनिहरुले प्राप्त गर्न सक्नेछन् ।

News collect from: Nepse Alpha

 

Share:

नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार घाटामा

 नेपाल रिपब्लिक मिडियाले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४२ लाख ६४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । 

यस कम्पनीले गत वर्षको यसैअवधिमा ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन आम्दानी १५ करोड ७९ लाखबाट घटेर ८ करोड ७० लाख रुपैयाँमा झरेको छ । वित्तीय खर्च २ करोड ९१ लाखबाट घटेर १ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।

मिडियाको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको र यसको  रिटेन्ड अर्निङमा ५१ करोड ४० लाख रुपैयाँले ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४४  पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ८७ रुपैयाँ ९३ पैसा छ ।

 

Share:

Translator

Wikipedia

Search results

Maha Bachat

Contact us

Name

Email *

Message *