Canva Pro Subscription

Canva Pro Subscription
WhatsApp :+977 9819990377

Canva Service Nepal –Make Relation forever Our Services : Canva Pro 2.0 Subscription / Graphic Design / Logo Design / Website Devlopment and more Services Digital Tools You tube Premium / Cap Cut Pro / Netflix / Adobe cc / More.... Activate Now! Contact Details: Canva Service Nepal Sanepa, Lalitpur – Kathmandu, Mobile No. 9819990377, Email: canvaservicenepal@gmail.com

तराईमा आज भोली मनाइँँदै

 



आज तराई मधेसमा होली हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।  तराई मधेसमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


    नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), झापा,  मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । मगर, थारु समुदायको बाक्लो बसोबास रहेको नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा पनि आज होली पर्व मनाइँदै छ । 


    सबै प्रकारका भेदभावलाई भस्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वको रूपमा लिने गरिन्छ ।  


   सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताए । 


   प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताए । 


     रस रङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ । 

Source Corporate News Nepal 


Share:

भारतीय मुद्रा बढेर ६४२.४९ अर्ब अमेरिकी डलर पुग्यो

 भारतको विदेशी मुद्रा सञ्चिति मार्च १५ सम्म ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । भारतको केन्द्रीय बैंकले यो अहिलेसम्मकै उच्च रहेको बताएको छ । 


भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो । 


    बैंकका अनुसार मार्च १५ मा समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति झन्डै ६ अर्ब ४ करोड डलरले बढेको छ । यस हप्तामा विदेशी मुद्रा सम्पती ५६८ अर्ब ३८६ अर्ब डलर रहेको छ भने, सुनको सञ्चिति ५१ अर्ब १४ करोड डलर रहेको तथ्यांकले देखाएको छ । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा यसको न्युन स्तर ८३.४३ मा झरेको छ ।

Source Corporate News Nepal

 

Share:

सुनचाँदीको मूल्य फेरि बढ्यो।




 सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।


      सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Source NepseAlpha


Share:

सुनको मूल्य १३ सय रुपैयाँले घट्यो


 

सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।

बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


           बिहीबार तोलामै २६ सयले बढेर प्रतितोला छापावाला सुन १ लाख २७ हजार ८०० र तेजाबी सुन प्रतितोला १  लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ ले घटेर १ हजार ५०० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

Source Nepsealpha 

Share:

सुनको मूल्य प्रतितोला २ हजार ६ सय बढ्यो


 

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । आज सुन प्रतितोला २ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो । 

   नेपाल सुुनचाँदी व्यवसायी महासंघका आज छापावाला प्रतितोला १ लाख २७ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख २७ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ । 

     त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ५५ रुपियाँमा  कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत फागुन २९ गते सुनको मूल्य तोलाको १ लाख २६ हजार पुगेर रेकर्ड कायम भएको थियो । 

Source Corporate News Nepal 

Share:

साल्ट ट्रेडिङ्ग कर्पोरेशन र ग्रीन डेभलपमेण्ट बैंकको लाभांशका लागि योग्य हुने आज अन्तिम दिन

 साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) र ग्रीन डेभलपमेण्ट बैंक लिमिटेड (GRDBL) , को लाभांशका लागि योग्य हुने आज चैत्र ८ गते अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोली चैत्र ९ गते बुकक्लोज गर्दैछन्।

          साल्ट ट्रेडिङ्गले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।


     त्यस्तै ग्रीन डेभलपमेण्ट बैंकले आर्थिक बर्ष २०७८/७९ सम्मको वितरणयोग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Source Nepsealpha 

Share:

कच्चा पदार्थको अभावका कारण कैलालीका एक सय ३७ वटा उद्योगहरु बन्द भएको बारे

 कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित  एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् । 

       घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको पाइएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ । 

    कैलालीमा हालसम्म १५ हजार चार सय ३४ उद्योग दर्ता भएका छन् । जिल्लामा दर्ता भएका उद्योगमध्ये एक सय ३७ उद्योगको दर्ता खारेज भएको छ । हालसम्म उत्पादनमूलक तीन हजार एक सय ९४, कृषि छ हजार चार सय ८८ निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार छ सय ७३ गरी १५ हजार चार सय ३४ उद्योग दर्ता भएका छन् ।


     साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार चार सय ३४ उद्योगमा रु २५ अर्ब लगानी प्रस्ताव गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

     कार्यालयका अनुसार दर्ता भएका उद्योगमा नौ हजार एक सय २० महिला र ६९ हजार छ सय ११ पुरुषले रोजगारी प्रस्ताव गरिएको जनाइएको छ । यसैगरी गत आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयले रु ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ । चालु आव २०८०/८१ को फागुनसम्म रु एक करोड पाँच लाख राजस्व सङ्कलन भएको छ । 

Source Corporate Nepal

Share:

बोनस शेयरमा लाग्ने कर जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह

 


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ । 


        कम्पनीले साविकको गुराँस लाइफ र युनियन लाइफको आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट शेयरधनीलाई वितरण गरिएको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

      शेयरधनीले रकम कम्पनीको खाता रहेको नेपाल इन्भेस्टमेन्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गराउन सक्नेछन् । रकम जम्मा भएपछि बोनस शेयर  हितग्राही खातामा जम्मा गराइने कम्पनीले बताएको छ ।


      साथै भौतिक शेयर धारण गर्ने शेयरधनीको हकमा कर बापतको रकम जम्मा गरी आफ्नो हितग्राही खाता नम्बर उपलब्ध गराएमा वा आफ्नो शेयर अभौतिकरण गराएपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

Source Corporate News Nepal 
Share:

सुनको मूल्य प्रतितोला ७ सय बढ्यो , चाँदी पनि महंगियो

  


काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । 

      त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Source Corporate News Nepal 

Share:

सुनको मूल्य प्रतितोला पाँच सय रुपियाँ घट्यो



 काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ ।  सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।


     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ । 

 

    त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Source Corporate Nepal


Share:

Translator

Wikipedia

Search results

Maha Bachat

Contact us

Name

Email *

Message *