Canva Pro Subscription

Canva Pro Subscription
WhatsApp :+977 9819990377

Canva Service Nepal –Make Relation forever Our Services : Canva Pro 2.0 Subscription / Graphic Design / Logo Design / Website Devlopment and more Services Digital Tools You tube Premium / Cap Cut Pro / Netflix / Adobe cc / More.... Activate Now! Contact Details: Canva Service Nepal Sanepa, Lalitpur – Kathmandu, Mobile No. 9819990377, Email: canvaservicenepal@gmail.com

साल्ट ट्रेडिङ्ग कर्पोरेशन र ग्रीन डेभलपमेण्ट बैंकको लाभांशका लागि योग्य हुने आज अन्तिम दिन

 साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) र ग्रीन डेभलपमेण्ट बैंक लिमिटेड (GRDBL) , को लाभांशका लागि योग्य हुने आज चैत्र ८ गते अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोली चैत्र ९ गते बुकक्लोज गर्दैछन्।

          साल्ट ट्रेडिङ्गले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।


     त्यस्तै ग्रीन डेभलपमेण्ट बैंकले आर्थिक बर्ष २०७८/७९ सम्मको वितरणयोग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Source Nepsealpha 

Share:

कच्चा पदार्थको अभावका कारण कैलालीका एक सय ३७ वटा उद्योगहरु बन्द भएको बारे

 कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित  एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् । 

       घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको पाइएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ । 

    कैलालीमा हालसम्म १५ हजार चार सय ३४ उद्योग दर्ता भएका छन् । जिल्लामा दर्ता भएका उद्योगमध्ये एक सय ३७ उद्योगको दर्ता खारेज भएको छ । हालसम्म उत्पादनमूलक तीन हजार एक सय ९४, कृषि छ हजार चार सय ८८ निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार छ सय ७३ गरी १५ हजार चार सय ३४ उद्योग दर्ता भएका छन् ।


     साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार चार सय ३४ उद्योगमा रु २५ अर्ब लगानी प्रस्ताव गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

     कार्यालयका अनुसार दर्ता भएका उद्योगमा नौ हजार एक सय २० महिला र ६९ हजार छ सय ११ पुरुषले रोजगारी प्रस्ताव गरिएको जनाइएको छ । यसैगरी गत आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयले रु ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ । चालु आव २०८०/८१ को फागुनसम्म रु एक करोड पाँच लाख राजस्व सङ्कलन भएको छ । 

Source Corporate Nepal

Share:

बोनस शेयरमा लाग्ने कर जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह

 


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ । 


        कम्पनीले साविकको गुराँस लाइफ र युनियन लाइफको आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट शेयरधनीलाई वितरण गरिएको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

      शेयरधनीले रकम कम्पनीको खाता रहेको नेपाल इन्भेस्टमेन्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गराउन सक्नेछन् । रकम जम्मा भएपछि बोनस शेयर  हितग्राही खातामा जम्मा गराइने कम्पनीले बताएको छ ।


      साथै भौतिक शेयर धारण गर्ने शेयरधनीको हकमा कर बापतको रकम जम्मा गरी आफ्नो हितग्राही खाता नम्बर उपलब्ध गराएमा वा आफ्नो शेयर अभौतिकरण गराएपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

Source Corporate News Nepal 
Share:

सुनको मूल्य प्रतितोला ७ सय बढ्यो , चाँदी पनि महंगियो

  


काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । 

      त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Source Corporate News Nepal 

Share:

सुनको मूल्य प्रतितोला पाँच सय रुपियाँ घट्यो



 काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ ।  सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।


     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ । 

 

    त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Source Corporate Nepal


Share:

अमेरिकी डलर र कतारी रियाल, स्थिर  आज कुन मुद्राको सटही दर कति?

 


काठमाडौं । आज २०८० चैत ५ गते १८ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।


     आज अमेरिकी डलरको भाउ स्थिर छ । हिजो १ डलरको खरिद मूल्य १३२.३१ रुपियाँ र बिक्री मूल्य १३२.९१ रहेकामा आज पनि सोही दर कायम छ । 


      त्यसैगरी स्थानीय बजारमा कतारी रियालको भाउ पनि स्थिर नै छ । आज १ रियालबराबर खरिद ३६.२८ रुपियाँ र बिक्री दर ३६.४४ रुपियाँ छ । जुन अघिल्लो कारोबार दिनमा पनि यही थियो । 


     अमेरिकी डलर  कतारी रियालसहित यसदिन साउदी रियाल  चिनियाँ युआन मलेसियन रिंगिट कोरियन वन र हङकङ डलरको सटही मूल्य आइतबारको तुलनामा स्थिर रहेको राष्ट्र बैंकले जनाएको  छ ।  

Source Corporate News Nepal 


Share:

छ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै निफ्रा

 


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी बोधप्रसाद त्रिपाठीको नाममा रहेको ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

      यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (चैत ४ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 


    बैंकको रजिस्टर्ड कार्यालय बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । शेयरमूल्य भने बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख छ । 

      उक्त समयमा संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।


Share:

लगानीकर्ताको पैसा नडुब्ने गरी आथिक वृद्धि हुने क्षेत्रमा लगानी गनुपर्छ

 


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । 


          आइतबार नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । विगतमा ठूला ऋण लगानी गर्दा भएका     कमीकमजोरीलाई भविष्यमा नदोहोर्‍याउने प्रतिबद्धतासहित अघि बढ्न सुझाव दिए । 


     लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । उनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए । 

 

    विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरूलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए । पूर्ववर्ती अर्थमन्त्रीहरुले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने उनको भनाइ छ । 


   हामी समस्याभन्दा बाहिर त कहिले पनि हुँदैनौं । त्यो समस्या जसले समाधान गर्न सक्छ । आफ्नो समकालीन समस्या, आफ्नो संस्थामा परेको समस्या, देशमा परेको समस्या, त्यसलाई हल गर्नसक्ने मान्छेलाई नै इतिहासले सम्झिन्छ, उनले भने, ‘नत्र हामी एभ्रेज समस्या बताउने, समस्याको पछि हिँड्ने समाधान कसले गर्ने भन्दा अरु कसैले गर्ने भाग्यमा विश्वास गर्ने । हामीले आफैँले आफ्नो संस्थाको सुधार गर्ने हो । आफ्नो मन्त्रालय, आफ्नो सरकारको, समाजको, आफ्नो देशको समस्या समाधान गर्ने हामीले नै हो । त्यसअर्थमा यो खालको आत्मविश्वास पनि हुनुपर्छ । अहिलेकै कार्यकारी प्रमुखले गर्ने हो यो संस्थाको सुधार, पुरानाले छोडिदिनुस् । कमजोरी भए समीक्षा गरौँ । पुरानालाई गाली गर्ने होइन ।’


    अर्थमन्त्री पुनले आफूभन्दा अघिका अर्थमन्त्रीले राम्रो गरेका कामहरूलाई निरन्तरता दिने पनि बताए । आजको चुनौतीलाई समातेर हल गर्नेतिर गएन भने पुरानाको आलोचना गरेर नुहने उनको भनाइ थियो । 


      कोषका साथीहरूले आफैँ जवाफदेही भएर काम गर्नुपर्छ । हामीभित्र केही कमी भए समीक्षा गरौँ । कतै ठूला ऋण लगानी गर्दा कमजोरी भएको भए अब नगर्ने, आलोचना गर्ने, दुनियाँ बदनाम गरेर हिँड्ने भन्दा कहाँ कमी भयो, असल नियतले गरेको हुनुपर्छ, कानुनसम्मत गरेका निर्णय भन्ने मान्नुपर्छ, उनले भने, ‘परिस्थिति बदलियो, कमी भयो, त्यस्तो गल्ती दोहोरिन दिनु हुँदैन । पूर्ववर्ती अर्थमन्त्रीहरुका राम्रा काम नीतिहरुलाई निरन्तरता दिनुपर्छ, म दिन्छु, प्रतिवद्धता छ । अहिले आर्थिक रुपले शिथिलता छ । यो कोषले लक्षित गरेअनुसारका अलि ठूला पूर्वाधारका योजनाहरुमा लगानी गर्नुस् । दीर्घकालीन पूर्वाधार निर्माण होला, अलि ठूला आर्थिक वृद्धिका क्षेत्रहरु, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुहोस् । यसमा योगदान कर्ताहरुको पैसा नडुबोस्, विज्ञ साथीहरुले हेर्नुस् । त्यो हाम्रो जिम्मेवारी हो ।’


       कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धीकरण गर्नुपर्ने जिम्मेवारी रहेको समेत उल्लेख गरे । 

Source Corporate Nepal 

Share:

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आजको बजारको भाउ यस्तो छ ।

 


काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ४ सय घटेको हो भने चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  

       नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपयाँमा कारोबार भइरहेको छ ।

        त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 Source Corporate Nepal 


Share:

अमेरिकी डलर बद्दा युरो र पाउन्ड घट्यो आज कुन विदेशी मुद्राको विनिमय दर कति?

 

काठमाडौं । आज २०८० चैत ४ गते मार्च १७   २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
      अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.३१ रुपियाँ र बिक्री दर १३२.९१ रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३२.२२ रुपियाँ र बिक्री १३२.८२ रुपियाँ तोकिएको थियो । 
 
        त्यसैगरी  युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । आज युरो १ को खरिद दर १४४.०६ रुपियाँ र बिक्री दर १४४.७१ रुपियाँ छ । जुन अघिल्लो कारोबार दिन खरिद १४४.६६ रुपियाँ र बिक्री १४५.३२ रुपियाँ थियो । 

      यस दिन पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८.७१ रुपियाँ र बिक्री दर १६९.४७ रुपियाँ तोकिएको छ । जुन, शुक्रबार खरिद १६९.३५ रुपियाँ र बिक्री १७०.१२ रुपियाँ कायम थियो । 
 
  Source Corporate Nepal 

Share:

Translator

Wikipedia

Search results

Maha Bachat

Contact us

Name

Email *

Message *