He! Are you Speak English confidently – Anywhere, Anytime? 🗣 Our language courses go beyond the classroom. Access interactive lessons, practice speaking with experts, and build confidence in real-life situations. Start your journey to fluent English now! Contact Details: Nepal Educational Institute Kalimati –13, Kathmandu, Mobile No. 9851317417, Phone No.01–5314821, Email: npeducation20@gmail.com

आज अमेरिकी डलरसँगै युरोको भाउ घट्याे :

 

नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर      १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलर र युरोको भाउ घटेको छ भने बेलायती पाउण्डको भाउ भने बढेको छ ।
         नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८२ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसाले घटेको हो । बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसामा कारोबार भएको थियो । 
       बुधबार स्थिर रहेको युरोपियन युरोको भाउ आज १५ पैसाले घटेको छ । बिहिबार एक युरोको खरिददर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ४२ पैसा तोकिएको छ। बुधबार यसको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसामा कारोबार भएको थियो ।  
                       त्यसतै, बेलायती पाउण्ड सटर्लिङको भाउ ३७ पैसाले बढेर एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । बुधबार यसको खरिददर १६७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६१ पैसामा कारोबार भएको थियो ।
     

    यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ, २५ र बिक्रीदर ८६ रूपैयाँ, ६५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ, ३३ पैसा र बिक्रीमा ८६ रूपैयाँ, ७७ पैसा कायम गरिएको छ ।

News Collect From Nepsealpha

Share:

माओवादीले टुंग्यायो मन्त्रीको नाम अर्थमा बर्षमान

 

नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंग्याएको छ ।

जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाई दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो, भने पुनर्गठित मन्त्रीमण्डलमा नयाँ दुई अनुहार थपिएका छन् |

जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र बर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी) लाई पुनर्गठित मन्त्रीमण्डलमा समेटिने  भएको छ । प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुनू। 

News Collect From Nepse Alpha


Share:

Mastering the Art of Blogging.

A blogger is an individual who regularly creates and publishes content on a blog, which is a website or online platform where articles, posts, or entries are presented in reverse chronological order. Blogging can cover a wide range of topics, including personal experiences, hobbies, professional expertise, opinions, and more.

Here are the key elements and steps involved in the process of blogging:

1. Choosing a Niche:

Bloggers often start by selecting a specific niche or topic for their blog. This helps define the target audience and creates a focused content strategy.

2. Setting up a Blog:

Bloggers need a platform to publish their content. Many choose popular blogging platforms like Word Press, Blogger, Medium, or others. They may also decide to have a self-hosted blog for more control over customization.

3. Creating Quality Content:

 The heart of blogging is creating engaging and valuable content. This can include articles, essays, how-to guides, reviews, and more. Well-researched and well-written content is crucial for attracting and retaining readers.

4. Establishing a Writing Style:

Developing a unique and consistent writing style helps create a recognizable brand. This can include the tone of the writing, formatting preferences, and the overall look and feel of the blog.

5. Engaging with Readers:

Successful bloggers often interact with their audience through comments, social media, and other channels. Responding to comments, asking for feedback, and building a community around the blog can contribute to its success.

6. Optimizing for Search Engines (SEO):

Understanding and implementing basic SEO principles helps bloggers improve their blog's visibility on search engines. This includes using relevant keywords, optimizing Meta tags, and creating a user-friendly website structure.

7. Promoting Content:

 To reach a wider audience, bloggers often promote their content through various channels, such as social media, email newsletters, and collaboration with other bloggers or influencers.

8. Monetizing the Blog:

Some bloggers aim to generate income from their efforts. This can be achieved through various monetization methods, such as advertising, sponsored content, affiliate marketing, or selling products and services.

9. Consistency:

 Regularly updating the blog with new content is essential for maintaining reader interest. Consistency in posting helps build a loyal audience and establishes credibility.

10. Evolving and Adapting:

The blogging landscape is dynamic, and successful bloggers adapt to changes in technology, audience preferences, and industry trends. This may involve experimenting with new formats, incorporating multimedia, or staying informed about the latest developments in their niche.

Blogging is a versatile and dynamic form of expression, allowing individuals to share their thoughts, experiences, and expertise with a global audience.

Share:

एमालेले प्रचण्ड सरकारमा शिर्ष नेतृत्व पठाएन्, जुनियर पठाउँदै


नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा शिर्ष नेतृत्व नपठाउने भएको छ ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ‘जुनियर नेता’ले प्रतिनिधित्व गर्ने भएका छन । 

जसअनुसार एमालेबाट रघुवीर महासेठको नेतृत्वमा प्रारम्भिक चरणमा ७ जनाको नामावली प्रधानमन्त्री प्रचण्डलाइ बुझाउने भएको छ । स्रोतका अनुसार यसअघि सपथ लिएर बिना बिभागीय मन्त्री रहेका पदम गिरीसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाइ मन्त्रीमा सिफारिस गरिएको छ । News From Nepse Alpha


Share:

विद्युत् प्राधिकरणको आइपिओ जारी गर्न लागेको कति छ नाफा ?

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । 

प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्व ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ ।प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ ।

 News collect from Arthkendra

Share:

What is RSI ?

Share:

एनएलजी इन्स्याेरेन्सको कहिले बस्दै छ साधारणसभा, के-के छन एजेण्डा ?

 एनएलजी इन्सुरेन्सको बिहीबार फागुन ३ गते १८ औं वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र  कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ, माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । News collect from Nepse Alpha

 

Share:

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरुको पीपीए खुलाउने विद्युत् प्राधिकरणको निर्णय

 नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षमा गत २४ माघमा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३ औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनाहरुसँग जहिले र जतिपनि पीपीए गर्ने निर्णय गरेको हो । 

१० मेगावाटसम्मका  जलविद्युत आयोजनाहरुको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा खरिद गरिने छ । आयोजनाहरुको विद्युत् सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमश ः रु ८.४० र ४.८० प्रति युनिटमा खरिद हुनेछ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताहरुको लगानी जलविद्युत क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरुमा उत्पादन सम्मिश्रणका आधामा तय गरिएको पीपीए सीमा लागू नहुने व्यवस्था गरिएको बताए । 

कोटाका कारण १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए हुन सकिरहेको थिएन, अब १० मेगावाटसम्मका आयोजनाहरुलाई उक्त कोटा लागू नहुने भएकाले जहिले र जति क्षमताको पनि पिपिए गर्न सकिन्छ, यसले स्वदेशी साना लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अब ग्रिड आबद्ध सम्झौता भएका र हुने १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए जति र जहिलेपनि गर्ने छौं ।’ 

१० मेगावाटसम्मका ८९ वटा आयोजनाहरुले पीपीएका लागि प्राधिकरणमा निवेदन दिएका छन् । आयोजनाहरुको क्षमता ३५१ मेगावाट छ । त्यसमध्ये १९५ मेगावाटका ४४ आयोजनासँग ग्रिड आवद्ध सम्झौता सम्पन्न भइसकेको छ । 

दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत प्रणालीमा जलाशययुक्त आयोजनाको २५ प्रतिशत, पिकिङ आरओआरको ३० प्रतिशत, आरओआरको ४५ प्रतिशत अंश रहने गरी उत्पादन सम्मिश्रण तय गरिएको थियो । सोही आधारमा पीपीएको सीमा तय गरिएको थियो । आरओआर आयोजनाहरुका लागि तय गरिएको अर्थात ६७५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पीपीए हुन सकिरहेको थिएन । १० मेगावाटसम्मका अधिकांश आयोजनाहरु आरओआर छन् । प्राधिकरणले हालसम्म ९२०० मेगावाटको पीपीए गरिसकेको छ । 

बढेको क्षमताको विद्युत् किन्ने 

प्राधिकरण सञ्चालक समितिले पीपीए भइसकेका जलविद्युत आयोजनाहरुको क्षमताबृद्धि गरिएमा थप हुने विद्युत् खरिद गरिदिने निर्णय गरेको छ । प्राधिकरणले आयोजनाको जडित क्षमता २५ प्रतिशतसम्म बृद्धि भएमा पीपीएको सीमा लागू नहुने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको डिजाइन परिवर्तनलगायतका कारण जडित क्षमताको २५ प्रतिशतसम्म अभिवृद्धिबाट उत्पादन हुने विद्युत् ‘लिऊ वा तिर’ प्रावधान राखी पीपीए संसोधन गरिने बताए ।  ‘२५ प्रतिशतसम्म क्षमता अभिबृद्धि भएमा ‘लिऊ वा तिर’ र त्यसभन्दा बढी भएमा पुरानै ‘लिऊ र तिर’को व्यवस्था लागू हुन्छ, हाल गरिएको व्यवस्थाले आयोजनाको क्षमता अभिबृद्धि हुनुका साथै आयोजनाहरुलाई लगानी जुटाउनसमेत थप सहज बनाउनेछ,’ उनले भने ।  

सौर्य ऊर्जाको सीमा बढ्यो 

प्राधिकरणले सौर्य जलविद्युत आयोजनासँग गरिने पीपीएको सीमा बढाएको छ । प्राधिकरणले सौर्य आयोजनाहरुको पीपीए प्रतिस्पर्धाबाट गर्दै आएको छ । प्राधिकरणले हाल कायम रहेको जडित क्षमता र पीपीए भइसकेका आयोजनाहरुलाईसमेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर प्रतिश्पर्धाका आधारमा सौर्य ऊर्जाको पीपीए गर्नेछ । यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्ममा सीमामा रहेर सौर्य आयोजनाहरुको पीपीए हुँदै आएको थियो । 

सौर्य आयोजनाको विद्युत् प्रतिश्पर्धाबाट खरिद गर्न प्रति युनिट ५ रुपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरिएको छ । प्रतिश्पर्धामा उक्त दरभन्दा जसले कम कबोल गर्छ त्यही आयोजनासँग पीपीए गरिनेछ । ‘नयाँ व्यवस्था बमोजिम करिब ८ सय मेगावाटका सौर्य आयोजनाहरुको पीपीए गर्न सकिने छ, हाम्रो स्वामित्वमा रहेका २००, १३२ र ३३ केभी सबस्टेसन नजिक निर्माण हुने सौर्य आयोजनाहरुको पीपीए गर्ने गरी प्रतिस्पर्धा गराउनेछौं, जलविद्युत आयोजनाहरु निर्माण हुन केही समय लाग्ने तर सौर्य आयोजनाहरु एक÷डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आवद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो,’कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट सबस्टेसन वरिपरी रहेका जग्गाको पनि प्रयोग हुनेछ ।’

प्राधिकरणले प्रतिश्पर्धाबाट हालसम्म १७५ मेगावाटको पीपीए गरेको छ । त्यसमध्ये १०६ मेगावाट सञ्चालनमा आएका छन् । थप ३० मेगावाटका सौर्य आयोजनाहरु पीपीए गर्ने प्रक्रियामा रहेका छन् । News collect from Nepse Alpha

 

Share:

कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने म्याद थप

 कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने म्याद थप

भएको छ। 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन खुल्ला गरेको हो। निष्काशन गरेको कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई र १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुल्ला गरिरहेको छ। 

फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि अब फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ। 

फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ। आवेदकले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्। 

News Collect form Nepse Alpha

Share:

सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

 सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज फागुन २ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्काशन खुल्ला गरेको हो। 

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ पुस २२ गते बुकक्लोज गरेकोले पुस १९ गतेसम्म नेप्सेमा कारोबार गरि कायम शेयरधनीहरुले मात्र फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन्। 

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिनको लागि कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

News collect from Nepse Alpha

Share:

Translator

Wikipedia

Search results

AGM Web Hosting

AGM Web Hosting
Get Flat 15% Off on All Hosting (Not Valid on Startup Hosting & VPS Hosting) for limited time.

Contact us

Name

Email *

Message *