अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको बताएका छन ।
नेपाल
मार्केटिङ एशोसियनले आयोजना गरेको
एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले सबै मिलेर
नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको बताएका हुन ।
‘युनिकनेस
अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन्
। नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गर्न सकिन्छ । उपभोक्ताले जहिले
पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो’ मन्त्री महतले
भने, ‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता
नेपालको विशिष्ट पहिचान हो ।’
मन्त्री
महतले अगाडी भने, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि
बिक्दैन’ यसलाई मार्केटिङ भनिन्छ । उपभोक्ताको मनमा यो त मैले प्रयोग गर्नैपर्छ, उपयोग गर्नैपर्छ, खानैपर्छ, लाउनैपर्छ, जानैपर्छ, हेर्नैपर्छ र सुन्नै
पर्छ, भन्ने
छाप जसले छोड्न सक्छ, उसको
बिक्छ । विज्ञापनले मात्र पुग्दैन, यसलाई दीगो बनाउनका
लागि गुणहरु हुनैपर्छ । गुण भएन भने दीगो हुँदैन ।’
‘देशको
अर्थतन्त्र समस्यामा थियो, विस्तारै
सुधार हुँदैछ । हामीले धेरै राजनीतिक अरोह अवरोह पार गरिसक्यौं । अब अगाडि बढ्ने
स्पष्ट मार्गचित्र छ । हामीले राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको
पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने
कुरामा विश्वस्त छौं’ मन्त्री
महतले भने,‘हाम्रो आर्थिक सूचांक
सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ, ब्याजदर घटिरहेको छ ।
शेयर बजारमा सुधार भइरहेको छ । र, आर्थिक गतिविधि पनि
विस्तारै चलायमान बन्दै गएको छ ।
‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’ मन्त्री महतले भने, ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’ News collect from Nepse Alpha