प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना कम्पनीका शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको
माघ ८ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। News from Nepse Alpha
कोरोना भाइरस बाट बच्नको लागी समय समय मा साबुन पानिले हाथ धुयौं । सुझावको लागि सेन्टिजरको प्रयोग गरेर आगो नजिक जानु हुदैन् ।
कोरोना भाइरस बाट बच्नको लागी सकेसम्म घरभित्रै बसैं बाहिर न निस्कयौं ।
मास्क लगाऊ, आफू पनि बचौं अरु लाई पनि बचाऊ ।
तातो पानी आफू पनि खाऊ सम्पूर्ण परिवार लाई पनि खुवाऊ ।
पाँच मिनेट कपाल भाती, पाँच मिनट ओलोम बिलोम सधैं गरौ ।
प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना कम्पनीका शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको
माघ ८ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। News from Nepse Alpha
घलेम्दी हाइड्रोपावरले आजदेखि शेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । सर्वसाधारण समूहको लागि उक्त शेयर बिक्रीमा ल्याएको छ ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको उक्त शेयरमा आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।
यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद शेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । News Collect from Nepse Alpha
नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट तान्दै छ। राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न उक्त निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
बैंकका अनुसार आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने छ। बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो।
आज दिउँसो २ बजेसम्म इच्छुक बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो।
साँवा र ब्याज भुक्तानी मिति माघ २३ गतेलाई निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।
News Collect from Nepse Alpha
एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ० दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनिमा वितरण हुनेछ। News collect from Nepse Alpha
२९ पुस : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को अनुसार आयोगबाट माघ २ गतेदेखि माघ १२ गतेसम्म सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचारसंहिता जारी गर्ने निर्णय आज आयोगले गरेको हो । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यको आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागिे निर्वाचन हुँदैछ ।
Result will be displayed here