एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा
एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ० दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनिमा वितरण हुनेछ। News collect from Nepse Alpha
राष्ट्रियसभा निर्वाचन ः माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू हुँदै
२९ पुस : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को अनुसार आयोगबाट माघ २ गतेदेखि माघ १२ गतेसम्म सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचारसंहिता जारी गर्ने निर्णय आज आयोगले गरेको हो । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यको आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागिे निर्वाचन हुँदैछ ।
आकाश क्यापिटल लिमिटेडको पाचौं बार्षिक साधारण सभा सम्पन्न
आकाश क्यापिटल लिमिटेडको पाचौं बार्षिक साधारण सभा मिति २०८० साल पौष २९ गते आईतबार, मुख्य कार्यालय, पुल्चोक, ललितपूरमा सम्पन्न भएको छ।
साधारण सभामा संचालक समितीको तर्फबाट आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिबेदन प्रस्तुत, छलफल तथा स्वीकृत, लेखापरीक्षणको प्रतिबेदन सहित आर्थिक बर्ष २०७९/०८० को वसालत,नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय बिवरणहरु छलफल तथा स्वीकृत गरेको छ।
क्यापिटलले विशेष प्रस्ताव अन्तरगत कम्पनी ऐन २०६३ को दफा ८७ उपदफा १ बमोजिम कम्पनीका संस्थापक हरु मध्यबाट २ संचालकहरुको चयन गरेको छ । नयॉ संचालक समितीका सदस्यहरुमा क्रमश श्री अंकुर अग्रवाल, श्री रचित अग्रवाल, श्री शैलेन्द्र नाथ तथा श्री दामोदर खनाल चयन भएका छन्।
News collect from Nepse Alpha
नबिल बैंकले मंसिर २९ गतेबाट रु. ३ अर्बको ऋणपत्र बिक्री खुला गर्ने सम्बन्धी आव्हान पत्र