He! Are you Speak English confidently – Anywhere, Anytime? 🗣 Our language courses go beyond the classroom. Access interactive lessons, practice speaking with experts, and build confidence in real-life situations. Start your journey to fluent English now! Contact Details: Nepal Educational Institute Kalimati –13, Kathmandu, Mobile No. 9851317417, Phone No.01–5314821, Email: npeducation20@gmail.com

अमेरिकी डलर र कतारी रियाल, स्थिर  आज कुन मुद्राको सटही दर कति?

 


काठमाडौं । आज २०८० चैत ५ गते १८ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।


     आज अमेरिकी डलरको भाउ स्थिर छ । हिजो १ डलरको खरिद मूल्य १३२.३१ रुपियाँ र बिक्री मूल्य १३२.९१ रहेकामा आज पनि सोही दर कायम छ । 


      त्यसैगरी स्थानीय बजारमा कतारी रियालको भाउ पनि स्थिर नै छ । आज १ रियालबराबर खरिद ३६.२८ रुपियाँ र बिक्री दर ३६.४४ रुपियाँ छ । जुन अघिल्लो कारोबार दिनमा पनि यही थियो । 


     अमेरिकी डलर  कतारी रियालसहित यसदिन साउदी रियाल  चिनियाँ युआन मलेसियन रिंगिट कोरियन वन र हङकङ डलरको सटही मूल्य आइतबारको तुलनामा स्थिर रहेको राष्ट्र बैंकले जनाएको  छ ।  

Source Corporate News Nepal 


Share:

छ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै निफ्रा

 


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी बोधप्रसाद त्रिपाठीको नाममा रहेको ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

      यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (चैत ४ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 


    बैंकको रजिस्टर्ड कार्यालय बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । शेयरमूल्य भने बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख छ । 

      उक्त समयमा संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।


Share:

लगानीकर्ताको पैसा नडुब्ने गरी आथिक वृद्धि हुने क्षेत्रमा लगानी गनुपर्छ

 


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । 


          आइतबार नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । विगतमा ठूला ऋण लगानी गर्दा भएका     कमीकमजोरीलाई भविष्यमा नदोहोर्‍याउने प्रतिबद्धतासहित अघि बढ्न सुझाव दिए । 


     लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । उनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए । 

 

    विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरूलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए । पूर्ववर्ती अर्थमन्त्रीहरुले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने उनको भनाइ छ । 


   हामी समस्याभन्दा बाहिर त कहिले पनि हुँदैनौं । त्यो समस्या जसले समाधान गर्न सक्छ । आफ्नो समकालीन समस्या, आफ्नो संस्थामा परेको समस्या, देशमा परेको समस्या, त्यसलाई हल गर्नसक्ने मान्छेलाई नै इतिहासले सम्झिन्छ, उनले भने, ‘नत्र हामी एभ्रेज समस्या बताउने, समस्याको पछि हिँड्ने समाधान कसले गर्ने भन्दा अरु कसैले गर्ने भाग्यमा विश्वास गर्ने । हामीले आफैँले आफ्नो संस्थाको सुधार गर्ने हो । आफ्नो मन्त्रालय, आफ्नो सरकारको, समाजको, आफ्नो देशको समस्या समाधान गर्ने हामीले नै हो । त्यसअर्थमा यो खालको आत्मविश्वास पनि हुनुपर्छ । अहिलेकै कार्यकारी प्रमुखले गर्ने हो यो संस्थाको सुधार, पुरानाले छोडिदिनुस् । कमजोरी भए समीक्षा गरौँ । पुरानालाई गाली गर्ने होइन ।’


    अर्थमन्त्री पुनले आफूभन्दा अघिका अर्थमन्त्रीले राम्रो गरेका कामहरूलाई निरन्तरता दिने पनि बताए । आजको चुनौतीलाई समातेर हल गर्नेतिर गएन भने पुरानाको आलोचना गरेर नुहने उनको भनाइ थियो । 


      कोषका साथीहरूले आफैँ जवाफदेही भएर काम गर्नुपर्छ । हामीभित्र केही कमी भए समीक्षा गरौँ । कतै ठूला ऋण लगानी गर्दा कमजोरी भएको भए अब नगर्ने, आलोचना गर्ने, दुनियाँ बदनाम गरेर हिँड्ने भन्दा कहाँ कमी भयो, असल नियतले गरेको हुनुपर्छ, कानुनसम्मत गरेका निर्णय भन्ने मान्नुपर्छ, उनले भने, ‘परिस्थिति बदलियो, कमी भयो, त्यस्तो गल्ती दोहोरिन दिनु हुँदैन । पूर्ववर्ती अर्थमन्त्रीहरुका राम्रा काम नीतिहरुलाई निरन्तरता दिनुपर्छ, म दिन्छु, प्रतिवद्धता छ । अहिले आर्थिक रुपले शिथिलता छ । यो कोषले लक्षित गरेअनुसारका अलि ठूला पूर्वाधारका योजनाहरुमा लगानी गर्नुस् । दीर्घकालीन पूर्वाधार निर्माण होला, अलि ठूला आर्थिक वृद्धिका क्षेत्रहरु, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुहोस् । यसमा योगदान कर्ताहरुको पैसा नडुबोस्, विज्ञ साथीहरुले हेर्नुस् । त्यो हाम्रो जिम्मेवारी हो ।’


       कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धीकरण गर्नुपर्ने जिम्मेवारी रहेको समेत उल्लेख गरे । 

Source Corporate Nepal 

Share:

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आजको बजारको भाउ यस्तो छ ।

 


काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ४ सय घटेको हो भने चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  

       नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपयाँमा कारोबार भइरहेको छ ।

        त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 Source Corporate Nepal 


Share:

अमेरिकी डलर बद्दा युरो र पाउन्ड घट्यो आज कुन विदेशी मुद्राको विनिमय दर कति?

 

काठमाडौं । आज २०८० चैत ४ गते मार्च १७   २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
      अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.३१ रुपियाँ र बिक्री दर १३२.९१ रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३२.२२ रुपियाँ र बिक्री १३२.८२ रुपियाँ तोकिएको थियो । 
 
        त्यसैगरी  युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । आज युरो १ को खरिद दर १४४.०६ रुपियाँ र बिक्री दर १४४.७१ रुपियाँ छ । जुन अघिल्लो कारोबार दिन खरिद १४४.६६ रुपियाँ र बिक्री १४५.३२ रुपियाँ थियो । 

      यस दिन पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८.७१ रुपियाँ र बिक्री दर १६९.४७ रुपियाँ तोकिएको छ । जुन, शुक्रबार खरिद १६९.३५ रुपियाँ र बिक्री १७०.१२ रुपियाँ कायम थियो । 
 
  Source Corporate Nepal 

Share:

आशा लघुवित्तका शेयरधनीको हात खाली हुने पक्का

 


काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई निराश पारेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


चैत २ गते शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। 


यससँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

Source Corporate Nepal 

Share:

सात महिनामा सबैभन्दा बढी नबिल बैंकले कमायो ३ अर्ब ९८ करोड, अरुले कति कमाए ? (सूचीसहित)

बीस वाणिज्य बैंक मध्ये चालु आवको ७ महिना अर्थात माघ मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ ।

नाफा बढी कमाउने दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक र तेस्रोमा ग्लोबल आईएमई रहेको तथ्याङ्क आज राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

कुन बैंकले कति कमाए ? 



















Source: corporatenepal.com

Share:

लाभांश पारित गर्न डाक्यो साधारणसभा ग्रीन डेभलपमेन्ट बैंकले , बुकक्लोज कहिले ?

ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । बैंकले दुई आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को वार्षिक साधारणसभा चैत २७ गते गर्ने भएको हो । सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ 

सभामा सेयरधनीलाई ३.८५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यस्तै, सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाहलगायतका विषयमाथि छलफल गरी पारित गर्नेछ । साथै, सोही सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ । 

त्यसैगरी, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नका लागि त्यसको सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेस पनि सभामा हुनेछ । सभा प्रयोजनार्थ बैंकले चैत ९ गते बुक क्लोज गर्नेछ । तसर्थ, चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । Source corporatenepal.com

Share:

बढ्यो अमेरिकी डलरसँगै युरो र पाउण्ड

 


नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। 

   जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ १५ पैसाले बढेको छ। 


        नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८९ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १३२ रूपैयाँ १४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७४ पैसामा कारोबार भएको थियो।


   बिहिबार एक युरोको खरिददर १४४ रूपैयाँ ७१ पैसा र बिक्रीदर १४५ रूपैयाँ ३७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २१ पैसाले बढेको हो। बुधबार युरोको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १५  पैसामा कारोबार भएको थियो। 


        त्यस्तै बेलायती पाउण्ड सटर्लिङ २५ पैसाले बढेर एकको खरिददर १६९ रूपैयाँ ३० पैसा र बिक्रीदर १७० रूपैयाँ ०७ पैसा कायम गरिएको छ। बुधबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ ०५ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८१ पैसा तोकिएको थियो।


  यता  अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४८ र बिक्रीदर ८७ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५१ पैसा कायम गरिएको छ।


    उता जापानी येन १० को खरिददर ८ रूपैयाँ ९४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९८ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ०६ पैसा तथा बिक्री दर १० रुपैयाँ १० पैसा कायम गरेको जनाइएको छ। 


   यसैगरी बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २७ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४३ पैस युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रूपैयाँ १८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ २२ पैसा र बिक्रीदर २८ रूपैयाँ ३५ पैसा कायम गरेको छ। 


    साथै कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ६३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ५८ पैसा , बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। Source Nepsealpha

 

Share:

नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित

 


आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् ।बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् । दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन् । 


नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौं, उनले भनिन् लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु । उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आगामी साता स्वीट्जरल्याण्डबाट ‘वित्तीय विकासका लागि संयुक्त मिसन’ नेपाल आउँदैछ । मिसन टोलीले सरकारी अधिकारीहरुका साथै नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ ।


          आगामी २३ अगष्टमा स्वीस ग्लोबल इन्टर प्राइजेजका तर्फबाट पनि प्रतिनिधि मण्डल नेपाल आउने तयारीमा रहेको जानकारी राजदूत डेनिएलले दिइन् । उक्त टोलीले नेपालको निजी क्षेत्रसँगको सहकार्यमा आयात–निर्यातसम्बन्धी क्षेत्रमा सहकार्यको चाहना राखेको उनको भनाइ थियो । 


        यस्तै राजदूत मेउलीले आफूहरुसँग विमानस्थल व्यवस्थापनसम्बन्धी राम्रो अनुभव भएकाले नेपालका विमानस्थल व्यवस्थापनमा चासो रहेको समेत बताइन् । उनले ट्रेल बेस टुरिज्म र कोशी प्रदेशका पालिकाहरुमा राजश्व परिचालनसम्बन्धी पाइपलाइनमा हरेका स्वीस परियोजनाका काम मन्त्रालयका तर्फबाट छिटो अघि बढाउन मन्त्री पुनलाई आग्रह गरिन् । 


            मन्त्री पुनले स्वीटजरल्याण्ड नेपालको पुरानो मध्येको एक महत्वपूर्ण विकास साझेदार रहेको तथा द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको चर्चा गरे । आगामी दिनमा समेत सम्बन्ध थप राम्रो हुँदै जाने विश्वास उनको थियो । मन्त्री पुनले पर्वतीय पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा लगानी गर्नका लागि स्वीट्जरल्याण्डका लगानीकर्तालाई आग्रह गरिदिन भने ।

 पुनले लगानी सम्मेलनमा उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धताका लागि धन्यवाद दिँदै त्यसअघि नै लगानीको वातावरण बनाउने गरी संसदबाट कानून संशोधनको काम गर्न चाहेको जानकारी दिए । उनले सरकारले कानूनी र व्यवहारिक रुपमा लगानीको वातावरण बनाउने मात्र नभई लगानी सुरक्षाको समेत ग्यारेण्टी गर्ने उनको प्रतिबद्धता थियो ।


मैले निजी क्षेत्रका प्रतिनिधिहरुसँग लगानीको भरपर्दो वातावरण बनाउने र लगानी सुरक्षाको ग्यारेण्टी गर्ने वातावरण बनाउनुस् । लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध छ भनेको छु’, उनले भने, ‘१२ वर्षअघि पनि अर्थमन्त्री भइसकेका कारण मप्रति निजी क्षेत्रको पनि विश्वास र भरोसा छ । पुनले आर्थिक रुपमा केही दबाबमा रहेको तथा निजी क्षेत्र पनि संकटमै रहेको भन्दै सरकार, निजी क्षेत्र, विकास साझेदार र दातृ निकायबीचको समन्वयमा अर्थतन्त्रका चुनौती सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरे । उनले राजदूत मेउलीलाई नेपालमा क्रमशः लगानीमैत्री वातावरण बन्दै गएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रेषित गरिदिन आग्रह गरे । 


आगामी बजेटमा शान्ति कोषको व्यवस्था गरिने 

राजदूत मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी दिए । आफू विगत १५ वर्षभन्दा अघिदेखि नै संक्रमणकालीन न्यायसम्बन्धी काममा संलग्न रहेको विषयमा अन्तर्राष्ट्रिय समुदायसमेत जानकार रहेको बताए ।


बजेटमा आफूले संक्रमणकालीन न्यायसँगै पीडितका लागि उपलब्ध गराइने परिपूरणका लागि शान्ति  कोषको व्यवस्था गर्न लागेको भन्दै त्यसमा सहयोग गर्न मेउलीमार्फत स्वीस सरकारलाई आग्रह गरे ।


         हामीले अमेरिका बेलायतसहित विभिन्न मुलुकसँग सहयोगको प्रस्ताव राखेका छौं । सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको छ । स्वीस सरकारको तर्फबाट पनि यसमा महत्वपूर्ण सहयोग हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौं ।News Collect From Nepsealpha 

Share:

Translator

Wikipedia

Search results

AGM Web Hosting

AGM Web Hosting
Get Flat 15% Off on All Hosting (Not Valid on Startup Hosting & VPS Hosting) for limited time.

Contact us

Name

Email *

Message *