He! Are you Speak English confidently – Anywhere, Anytime? 🗣 Our language courses go beyond the classroom. Access interactive lessons, practice speaking with experts, and build confidence in real-life situations. Start your journey to fluent English now! Contact Details: Nepal Educational Institute Kalimati –13, Kathmandu, Mobile No. 9851317417, Phone No.01–5314821, Email: npeducation20@gmail.com

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आजको बजारको भाउ यस्तो छ ।

 


काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ४ सय घटेको हो भने चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  

       नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपयाँमा कारोबार भइरहेको छ ।

        त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 Source Corporate Nepal 


Share:

अमेरिकी डलर बद्दा युरो र पाउन्ड घट्यो आज कुन विदेशी मुद्राको विनिमय दर कति?

 

काठमाडौं । आज २०८० चैत ४ गते मार्च १७   २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
      अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.३१ रुपियाँ र बिक्री दर १३२.९१ रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३२.२२ रुपियाँ र बिक्री १३२.८२ रुपियाँ तोकिएको थियो । 
 
        त्यसैगरी  युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । आज युरो १ को खरिद दर १४४.०६ रुपियाँ र बिक्री दर १४४.७१ रुपियाँ छ । जुन अघिल्लो कारोबार दिन खरिद १४४.६६ रुपियाँ र बिक्री १४५.३२ रुपियाँ थियो । 

      यस दिन पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८.७१ रुपियाँ र बिक्री दर १६९.४७ रुपियाँ तोकिएको छ । जुन, शुक्रबार खरिद १६९.३५ रुपियाँ र बिक्री १७०.१२ रुपियाँ कायम थियो । 
 
  Source Corporate Nepal 

Share:

आशा लघुवित्तका शेयरधनीको हात खाली हुने पक्का

 


काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई निराश पारेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


चैत २ गते शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। 


यससँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

Source Corporate Nepal 

Share:

सात महिनामा सबैभन्दा बढी नबिल बैंकले कमायो ३ अर्ब ९८ करोड, अरुले कति कमाए ? (सूचीसहित)

बीस वाणिज्य बैंक मध्ये चालु आवको ७ महिना अर्थात माघ मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ ।

नाफा बढी कमाउने दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक र तेस्रोमा ग्लोबल आईएमई रहेको तथ्याङ्क आज राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

कुन बैंकले कति कमाए ? 



















Source: corporatenepal.com

Share:

लाभांश पारित गर्न डाक्यो साधारणसभा ग्रीन डेभलपमेन्ट बैंकले , बुकक्लोज कहिले ?

ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । बैंकले दुई आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को वार्षिक साधारणसभा चैत २७ गते गर्ने भएको हो । सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ 

सभामा सेयरधनीलाई ३.८५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यस्तै, सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाहलगायतका विषयमाथि छलफल गरी पारित गर्नेछ । साथै, सोही सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ । 

त्यसैगरी, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नका लागि त्यसको सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेस पनि सभामा हुनेछ । सभा प्रयोजनार्थ बैंकले चैत ९ गते बुक क्लोज गर्नेछ । तसर्थ, चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । Source corporatenepal.com

Share:

बढ्यो अमेरिकी डलरसँगै युरो र पाउण्ड

 


नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। 

   जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ १५ पैसाले बढेको छ। 


        नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८९ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १३२ रूपैयाँ १४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७४ पैसामा कारोबार भएको थियो।


   बिहिबार एक युरोको खरिददर १४४ रूपैयाँ ७१ पैसा र बिक्रीदर १४५ रूपैयाँ ३७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २१ पैसाले बढेको हो। बुधबार युरोको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १५  पैसामा कारोबार भएको थियो। 


        त्यस्तै बेलायती पाउण्ड सटर्लिङ २५ पैसाले बढेर एकको खरिददर १६९ रूपैयाँ ३० पैसा र बिक्रीदर १७० रूपैयाँ ०७ पैसा कायम गरिएको छ। बुधबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ ०५ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८१ पैसा तोकिएको थियो।


  यता  अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४८ र बिक्रीदर ८७ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५१ पैसा कायम गरिएको छ।


    उता जापानी येन १० को खरिददर ८ रूपैयाँ ९४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९८ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ०६ पैसा तथा बिक्री दर १० रुपैयाँ १० पैसा कायम गरेको जनाइएको छ। 


   यसैगरी बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २७ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४३ पैस युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रूपैयाँ १८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ २२ पैसा र बिक्रीदर २८ रूपैयाँ ३५ पैसा कायम गरेको छ। 


    साथै कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ६३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ५८ पैसा , बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। Source Nepsealpha

 

Share:

नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित

 


आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् ।बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् । दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन् । 


नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौं, उनले भनिन् लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु । उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आगामी साता स्वीट्जरल्याण्डबाट ‘वित्तीय विकासका लागि संयुक्त मिसन’ नेपाल आउँदैछ । मिसन टोलीले सरकारी अधिकारीहरुका साथै नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ ।


          आगामी २३ अगष्टमा स्वीस ग्लोबल इन्टर प्राइजेजका तर्फबाट पनि प्रतिनिधि मण्डल नेपाल आउने तयारीमा रहेको जानकारी राजदूत डेनिएलले दिइन् । उक्त टोलीले नेपालको निजी क्षेत्रसँगको सहकार्यमा आयात–निर्यातसम्बन्धी क्षेत्रमा सहकार्यको चाहना राखेको उनको भनाइ थियो । 


        यस्तै राजदूत मेउलीले आफूहरुसँग विमानस्थल व्यवस्थापनसम्बन्धी राम्रो अनुभव भएकाले नेपालका विमानस्थल व्यवस्थापनमा चासो रहेको समेत बताइन् । उनले ट्रेल बेस टुरिज्म र कोशी प्रदेशका पालिकाहरुमा राजश्व परिचालनसम्बन्धी पाइपलाइनमा हरेका स्वीस परियोजनाका काम मन्त्रालयका तर्फबाट छिटो अघि बढाउन मन्त्री पुनलाई आग्रह गरिन् । 


            मन्त्री पुनले स्वीटजरल्याण्ड नेपालको पुरानो मध्येको एक महत्वपूर्ण विकास साझेदार रहेको तथा द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको चर्चा गरे । आगामी दिनमा समेत सम्बन्ध थप राम्रो हुँदै जाने विश्वास उनको थियो । मन्त्री पुनले पर्वतीय पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा लगानी गर्नका लागि स्वीट्जरल्याण्डका लगानीकर्तालाई आग्रह गरिदिन भने ।

 पुनले लगानी सम्मेलनमा उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धताका लागि धन्यवाद दिँदै त्यसअघि नै लगानीको वातावरण बनाउने गरी संसदबाट कानून संशोधनको काम गर्न चाहेको जानकारी दिए । उनले सरकारले कानूनी र व्यवहारिक रुपमा लगानीको वातावरण बनाउने मात्र नभई लगानी सुरक्षाको समेत ग्यारेण्टी गर्ने उनको प्रतिबद्धता थियो ।


मैले निजी क्षेत्रका प्रतिनिधिहरुसँग लगानीको भरपर्दो वातावरण बनाउने र लगानी सुरक्षाको ग्यारेण्टी गर्ने वातावरण बनाउनुस् । लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध छ भनेको छु’, उनले भने, ‘१२ वर्षअघि पनि अर्थमन्त्री भइसकेका कारण मप्रति निजी क्षेत्रको पनि विश्वास र भरोसा छ । पुनले आर्थिक रुपमा केही दबाबमा रहेको तथा निजी क्षेत्र पनि संकटमै रहेको भन्दै सरकार, निजी क्षेत्र, विकास साझेदार र दातृ निकायबीचको समन्वयमा अर्थतन्त्रका चुनौती सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरे । उनले राजदूत मेउलीलाई नेपालमा क्रमशः लगानीमैत्री वातावरण बन्दै गएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रेषित गरिदिन आग्रह गरे । 


आगामी बजेटमा शान्ति कोषको व्यवस्था गरिने 

राजदूत मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी दिए । आफू विगत १५ वर्षभन्दा अघिदेखि नै संक्रमणकालीन न्यायसम्बन्धी काममा संलग्न रहेको विषयमा अन्तर्राष्ट्रिय समुदायसमेत जानकार रहेको बताए ।


बजेटमा आफूले संक्रमणकालीन न्यायसँगै पीडितका लागि उपलब्ध गराइने परिपूरणका लागि शान्ति  कोषको व्यवस्था गर्न लागेको भन्दै त्यसमा सहयोग गर्न मेउलीमार्फत स्वीस सरकारलाई आग्रह गरे ।


         हामीले अमेरिका बेलायतसहित विभिन्न मुलुकसँग सहयोगको प्रस्ताव राखेका छौं । सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको छ । स्वीस सरकारको तर्फबाट पनि यसमा महत्वपूर्ण सहयोग हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौं ।News Collect From Nepsealpha 

Share:

The Power of Virtual Private Networks (VPNs)

 


A VPN (Virtual Private Network) is a technology that creates a secure, encrypted connection over the internet, allowing users to browse the web privately and securely, while masking their IP address and encrypting their data to protect it from hackers, Is Ps, and other third parties. 


     In an increasingly interconnected world, our online activities are constantly under the watchful eye of various entities, from Is Ps to hackers and government agencies. However, with the advent of Virtual Private Networks (VPNs), individuals now have a powerful tool to safeguard their privacy, enhance their security, and access content without restrictions. This article explores the fundamentals of VPN technology, its benefits, and its implications for internet users worldwide.

A VPN provides users with several benefits, but it also comes with its own set of consequences:

Benefits:

I) Privacy: VPNs encrypt your internet traffic, making it difficult for third parties to intercept and view your online activities. This protects your privacy and ensures your browsing habits remain private.

II)Security: By encrypting your data, VPNs add an extra layer of security when using public Wi-Fi networks or accessing sensitive information online, such as banking or personal accounts.

III) Access to Restricted Content: VPNs can bypass geo-restrictions and censorship, allowing users to access websites, streaming services, or content that may be blocked in their region.

IV)  Anonymity: VPNs mask your IP address, making it appear as if you are browsing from a different location. This enhances anonymity and can help prevent online tracking by advertisers and other entities.

Consequences:

I) Slower Connection Speeds: Encrypting and rerouting internet traffic through VPN servers can lead to slower connection speeds compared to a direct connection, especially if the VPN server is located far away.

II) Cost: While some VPN services offer free plans, premium VPNs often require a subscription fee. Additionally, some VPNs may have data limits or bandwidth restrictions for free users.

III)  Trust in VPN Provider: Users must trust their VPN provider with their data, as all internet traffic passes through their servers. It's essential to choose a reputable provider with a clear privacy policy and a commitment to user security.

IV)  Potential Legal Issues: While VPNs are legal in many countries, using them to engage in illegal activities, such as copyright infringement or hacking, can have legal consequences. Additionally, some countries have restrictions on VPN usage or may actively block VPN services.

V)  Compatibility and Setup: Setting up and configuring a VPN may require technical knowledge, and compatibility issues may arise with certain devices or applications.

Overall, while VPNs offer numerous benefits for privacy, security, and accessing restricted content, users should also consider the potential consequences and choose a VPN service that aligns with their needs and concerns.

Conclusion:

Virtual Private Networks represent a powerful tool for individuals seeking to protect their privacy enhance their security and access online content without restrictions. By encrypting internet traffic masking IP addresses, and by passing geo-restrictions VPNs empower users to navigate the digital realm with confidence and peace of mind. However it is essential for users to exercise caution and choose reputable VPN providers  and stay informed about emerging threats and best practices in VPN usage. Ultimately  by embracing VPN technology responsibly individuals can enjoy a safer more private and more open internet experience.

Share:

वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कृषि विकास बैंकको ब्याजदर ५ दशमलव ६६ प्रतिशतमा झर्यो

 


वाणिज्य बैंकहरुले चैत महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार व्यक्तिगत तर्फ १७ बैंकहरुले फागुन महिनाको तुलनामा ब्याजदर घटाएका छन्। त्यस्तै  २ बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिदा एनआईसी एशिया बैंकले भने बढाएको छ। 


           चैत महिनाको लागि प्रकाशित नयाँ ब्याजदर अनुसार व्यक्तिगत र संस्थागत तर्फ मुद्दती खातामा एनआईसी एशिया बैंकले सर्बाधिक ८ दशमलव ५४ % र संस्थागत तर्फ मुद्दती खातामा बैंकले सर्बाधिक ७ दशमलब ५५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ। भने सबैभन्दा कम व्यक्तिगत र संस्थागत तर्फ कृषि विकास बैंकले ५ दशमलव ६६ % र ४ दशमलव ०१ प्रतिशतसम्म दिने भएको छ। 

          बैंकहरुमध्ये प्रभु बैंक र ग्लोबल आइएमई बैंकले व्यक्तिगत तर्फ फागुन महिनाकै ब्याजदरलाई निरन्तरता निरन्तरता दिने भएका छन । 


           फागुन महिनामा व्यक्तिगत तर्फ ७ दशमलव ७६ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औषत ब्याजदर चैत महिनामा ० दशमलव ५० घटेर ७ दशमलव २५ % हुन आएको छ। त्यस्तै संस्थागत तर्फ मुद्दती खातामा वाणिज्य बैंकहरुको औषत ब्याजदर फागुन महिनाको तुलनामा ० दशमलव २६ % बढेर ६ दशमलव ०१ कायम हुन आएको छ। फागुन महिनामा यस्तो ब्याजदर ५ दशमलब ७५ % रहेको थियो। 

Collect News from Nepsealpha 

Share:

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दा के भने संसदमा ? (सम्बोधनको पूर्णपाठ)

 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत माग्दै प्रस्ताव राखेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका हुन् । 


सो क्रममा प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ :


सम्माननीय सभामुख महोदय,

   नेपाली कांग्रेसले सरकारमाथिको समर्थन फिर्ता लिएपछि संविधानतः विश्वासको मत लिन म यो रोष्टममा उभिएको छु ।  सरकार पुनर्गठन र नयाँ समीकरणको आवश्यकताबारे मैले यसअघि नै सम्मानित संसदलाई जानकारी गराइसकेको छु । त्यसको औचित्य आज यो सम्मानित संसदमा भाषणबाट होइन, मेरा कामबाट प्रमाणित गर्न प्रतिवद्ध छु, त्यसका लागि यो सार्वभौम संसदको विश्वास चाहन्छु ।


    प्रधानमन्त्रीका रुपमा मैले समस्याग्रस्त अर्थतन्त्र जिम्मा लिएको थिएँ । अर्थतन्त्र सुधारका लागि म सुरुदेखि नै अनवरतरुपमा लागे । पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएका छन् । चालु आर्थिक बर्षको सात महिनाको अवधिमा २९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ भने, विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ । व्यापार घाटा १.८ प्रतिशतले घटेको छ । आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५.१ प्रतिशतमा सीमित गरिएको छ भने कर्जा प्रवाह ४.७ प्रतिशतले बढेको छ । यो तालिकालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन । पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्ने मेरो उद्देश्य छ । प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु मेरो प्राथमिकता हुनेछ ।

    बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन । 


    मेरो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालिन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । हाम्रो समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति हो भन्ने मेरो विश्वास छ । भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेका छौँ । नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदैछ । चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ । यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नु छ । 


जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको छ । संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट हामीले सन्देश दियौं, अब जलवायु संकटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ । 


सरकारका उपलब्धिहरुको सूचि सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन् । प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ, टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो । सरकारको गेयर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने मेरो वाध्यता रह्यो ।   


सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि नेपाली कांग्रेसका केही साथीहरुले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो । खासमा म यी आक्षेपहरुको ठूलो प्रतिवाद गर्न चाहन्नथेँ । निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ । अझ आज विश्वासको मत लिने दिनमा त यस्तो विषयमा प्रवेश नै नगर्नु राम्रो हुने थियो । तर, संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाला भन्ने चिन्ताले मात्रै म आफ्नो पक्ष राख्न चाहन्छु । 


नेपाली कांग्रेसका साथीहरुले कुनै बेला यही रोष्टममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसदको रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ । निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरुले युद्धविराम नै गरेर मप्रतिको निन्दा अभियानमा प्रतिष्पर्धा गरिरहेका छन् । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु । साथीहरुलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुन सक्छ ।  


विगतमा म नेपाली कांग्रेसको समर्थनमा केवल एकपटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको छ ।  मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो । आज मलाई गाली गरिरहेका साथीहरुलाई म सोध्छु, मैले कहिल्यै यो संसद र बाहिर धोकाको शोकगीत गाएँ ? मैले कहिल्यै कसैलाई आरोप लगाएँ ? मैले कहिल्यै कुनै कार्यक्रममा नेपाली कांग्रेसका साथीहरुको मानमर्दन गरेँ ? गरिनँ । मैले त बरु राष्ट्रिय सहमतिको आधार तयार गर्न नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेँ । त्यसले मलाई प्रधानमन्त्री बनाएको गठबन्धनमा अविश्वास पैदा भयो । धोकाको आरोप बरु मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरुले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन । 


     धोकाकै कुरा गर्ने हो भने हामीसँग लामो फेहरिस्त छ । माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन ? राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारमाथिको अन्तरघात धोका थियो कि प्रेम ? महासमिति बैठकमा विना सन्दर्भ गठबन्धनको निन्दा र भत्र्सना सहयात्रीको अवमूल्यन हो कि होइन ? महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका हो कि होइन ? तर, म यस्ता विषयको निजीकरण गर्न र नेतृत्वमाथि व्यक्तिगत आक्रमण गर्न चाहन्नँ । राजनीतिक विषयको प्रतिवाद राजनीतिक ढंगबाटै हुनुपर्छ । नेपाली कांग्रेसका साथीहरुबाट पनि म त्यही अपेक्षा गर्दछु । 


     यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु । अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट । सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट । राष्ट्रिय सभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ । सम्मानित संसदलाई मेरो अपिल छ, राष्ट्रिय समस्याहरुको समाधानका लागि पनि हामी सबै एक ठाउँमा उभिनैपर्छ र राष्ट्रका सम्भावना हासिल गर्न पनि हामीले राष्ट्रिय एकता कायम गर्नैपर्छ । 


सभामुख महोदय,

सरकार गठनमा सहभागी दलहरुबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ  र सम्भवतः आज बेलुकासम्म त्यो सार्वजनिक हुनेछ । त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछन् । राजस्वको लक्ष्य पुरा गर्न, पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रमहरु ल्याउनेछ । आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुनेछ। 


सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई मैले सरकारप्रति जनअनुमोदन र समर्थनका रुपमा बुझेको छु । सोमबार मात्रै मिटर ब्याज पीडितहरुसँग चार बुँदे सहमति भएको छ । वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट छ । रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन् । पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक संख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ । वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिनेछ र स्वदेश फर्केकालाई पनि सीप अनुसारको व्यवसायका लािग सुलभ ऋणको ग्यारेन्टी गरिनेछ । संघीयता कार्यान्वयन, राष्ट्रिय हितको रक्षागर्ने स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन सरकारको प्रतिवद्धता हुनेछ । शान्ति प्रक्रियाको निरुपण सरकारको प्राथमिकता हुनेछ । सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिक मैत्री हुनेछ । राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिनेछ । अहिले सु्न्दा अविश्वसनीय लाग्ला तर निजी क्षेत्रसमेतको सहभागितामा हजारौं उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेछ । 


संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न म संसदसँग विश्वासको मत माग्दछु । अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी छ । पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसदको समर्थन चाहिएको छ । 

       म सम्मानित संसदलाई विश्वास दिलाउँछु हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामैं सुरु हुनेछन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ । म सरकारलाई तथ्यांक केन्द्रित गर्नेछु । देशमा महामारीका रुपमा फैलिएको पलायन र निराशा रोक्नेछु । सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेका छन् । तिनमा गुणात्मक परिवर्तन ल्याइनेछ । सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइनेछ । सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पूँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ । 


सभामुख महोदय,

   मैले निरन्तर भनिरहेको छु, अघिल्लो सत्ता–गठबन्धनमा म व्यक्तिका रुपमा अप्ठ्यारोमा थिइनँ । प्रधानमन्त्री पद पनि असुरक्षित थिएन ।  सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेको पनि होइन । तर देश आज औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा छैन । औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु । मेरो प्रतिवद्धतामा यो सम्मानित संसदले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ । धन्यवाद ।

News Collect From Nepsealpha



Share:

Translator

Wikipedia

Search results

AGM Web Hosting

AGM Web Hosting
Get Flat 15% Off on All Hosting (Not Valid on Startup Hosting & VPS Hosting) for limited time.

Contact us

Name

Email *

Message *